ब्याडमिन्टन टोलीको बिदाइ
शुक्रबार, असोज ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वालाले शुभकामना सहित बिदाई गरे ।
सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल शाही रहेका छन् ।
यस्तै खेलाडीहरुमा डेभिड थापा मगर, सुरज गुप्ता, कविर के.सी., साहिल चन्द, रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचन रहेका छन् ।
नेपाली टोलीले यू-१५ र यू-१७ मा महिला तथा पुरष एकल र युगल, मिक्स युगल र मिक्स टिम ईभेन्टस्मा प्रतिस्पर्धा गर्ने संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।
ब्याडमिन्टन टोलीको बिदाइ









-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

