बंगलादेशी फुटबल टोली आज आउदै
शुक्रबार, ०७ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज शुक्रबार नेपाल आईपुग्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली शुक्रबार राति नेपाल आउने जनाएको छ ।
बंगलादेशको टोली राति ९:१५ बजे नेपाल आईपुग्ने तालिका रहेको छ ।
बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १-० ले विजयी भएको थियो ।
नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।
बंगलादेशी फुटबल टोली आज आउदै






-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)

-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)