• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अलमुताईरीले निकालेका सबै खेलाडी फर्किए, नवयुग टिम बाहिर 
खेलपाटी संवाददाता
बिहीबार, असोज ६, २०७९ खेलपाटी संवाददाता
अलमुताईरीले निकालेका सबै खेलाडी फर्किए, नवयुग टिम बाहिर 

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार गरेको गरेको टोलीमा तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादपछि बाहिरिएका १० मध्य ९ जना खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

रोहित चन्दसहित विशाल राई, अनन्त तामाङ, सुजल श्रेष्ठ, विमल घर्ती मगर, अन्जन विष्ट, विशाल श्रेष्ठ , दिनेश राजबंशी, तेज तामाङले पुनरागमन गरेका छन् । सुमन लामा भने अष्ट्रेलिया गईसकेका छन् ।

अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउदै विरोध स्वरूप माल्दिभ्समै बसेका तत्कालिन कप्तान किरण चेम्जोङ पनि टोलीमा फर्किएका छन् ।

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईले उनीहरुलाई टिममा राख्न आफुलाई कुनै किसिमको दबाब नआएको समेत प्रष्ट पारे ।

'मलाई बिगतमा खेलाडी र प्रशिक्षक विवादको कुनै घटनाक्रम थाहा छैन । यहाँसम्म कि मलाई को को खेलाडी थिए भन्ने पनि जानकारी छैन । हामीले अहिले छनोट गरेको टोली आश्यकता बमोजिमको टोली रहेको छ,' पत्रकार सम्मेलनमा उनले भने ।

लामो समयदेखि अलमुताईरी कार्यकालमा टिम बाहिर रहँदै आएका रंजित धिमालले पनि पुनरागमन गरेका छन् ।  दुई नयाँ अनुहार ऋतिक खड्का र आशिष चौधरीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

प्रशिक्षक हुमागाईले पत्रकार सम्मेलनमा भने, 'नयाँ खेलाडीहरुले तल्लो डिभिजनदेखि नै राम्रो प्रदर्शन दिदै आएका छन् मलाई लाग्छ उनीहरु राष्ट्रिय टिमको लागि योग्य छन् । यतिमात्र होइन बन्द प्रशिक्षणमा पनि उनीहरुले हाम्रो विश्वास जिते । सिनियर लगायत अरु राम्रा खेलाडीसँग प्रतिष्पर्धा गर्दै उनीहरु टिममा छनोट भएका हुन् । आशा छ उनीहरुबाट राम्रो प्रदर्शन आउनेछ ।'

थ्री स्टार क्लबका मिडफिल्डर ऋतिक खड्का र बी डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका फरवार्ड आशिष चौधरीले राष्ट्रिय टोलीबाट बंगलादेशविरुद्ध डेब्यु गर्ने सम्भावना उच्च छ ।

यसअघि एएफसी छनोटको दोस्रो चरणमा नेपालको कप्तानी गरेका फरवार्ड नवयुग श्रेष्ठ भने टोलीबाट बाहिरिएका छन् । उनी टोलीमा किन अटेनन भन्ने प्रश्नमा हुमागाईले उनी योग्य र अनुभवी खेलाडी भएपनि केहि कुराको अभावका कारण टिममा छनोट हुन नसकेको उत्तर दिए ।

'हाम्रो लागि सबै खेलाडी महत्वपूर्ण छन् । र, सबैजना राम्रो छन् । अहिलेसम्म यो स्तरमा खेलिसकेका छन् । नवयुग योग्य खेलाडी हुन् यसमा कुनै शंका छैन तरपनि हामीले केहि कुराको तलमाथि पायौं तसर्थ नवयुग टोलीमा छैनन्,' उनले भने ।

हुमागाईले सुनिल बलले चोट बोकेका कारण उनलाई छाड्नु परेको बताए । यू-२० का कप्तान आयुष घलानको बिषयमा भने एन्फाले नै निर्णय गर्ने उनको स्पष्टोक्ति थियो ।

'उनी अहिले यू-२० टोलीमा छन् ।  एउटा प्रशिक्षकको रुपमा आयुषको व्यबहारले मलाई पक्कै निराश बनाएको छ तर उनको बारेमा मैले कुनै धारणा बनाउन मिल्दैन । एन्फाले नै आफ्नो हिसाबले काम गर्ला । तर मेरो मान्यता खेलाडीले अनुशासन कायम राख्नु पर्छ,' उनले भने ।

आयुष बहराइनमा सम्पन्न एएफसी यू-२० छनोटमा बंगलादेशका खेलाडीलाई दुर्व्यबहार गरेका कारण रातो कार्ड खाँदै बाहिरिएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP