पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकपपछि अन्तर्राष्ट्रिय खेलकुदबाट सन्यास नलिने र युरो २०२४ मा प्रतिस्पर्धा गर्न चाहेको बताएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले सेप्टेम्बरमा १०९ गोलका साथ सर्वाधिक पुरुष अन्तर्राष्ट्रिय गोलकर्ता बनेपछि पोर्चुगल फुटबल महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो लागि 'बाटो अझै सकिएको छैन' भने ।
रोनाल्डोले भने, ‘यति ठूलो अवार्ड पाउँदा म गर्व गर्छु ।'
'मैले कहिल्यै सोचेको थिएन कि एक दिन म यो हासिल गर्न सक्छु । म सबैलाई धन्यवाद दिन्छु जो मेरो करियरमा महत्त्वपूर्ण थिए । यो लामो बाटो थियो, तर म भन्न चाहन्छु कि मेरो बाटो अझै समाप्त भएको छैन ।'
सन् २००३ मा पोर्चुगलबाट अन्तराष्ट्रिय डेब्यु गरेदेखि ३७ वर्षीय रोनाल्डोले १८९ अन्तर्राष्ट्रिय खेलमा ११७ गोल गरेका छन् । गत युरो कपमा उनले इरानका पूर्व स्ट्राइकर अली दाईले बनाएको कीर्तिमानलाई उछिनेका थिए ।
पाँच पटकका बालोन डी’ओर विजेता, रोनाल्डोले पोर्चुगललाई युरो २०१६ र २०१९ मा नेसन्स लिगको उपाधि दिलाएका थिए।
'म अझै केही वर्ष महासंघको हिस्सा बन्ने आशा गर्छु,' उनले थपे । 'म अझै उत्प्रेरित महसुस गर्छु, मेरो महत्वाकांक्षा उच्च छ । म युवाहरूसँगको टोलीमा छु । म यो विश्वकप र त्यसपछि युरो कपको पनि हिस्सा बन्न चाहन्छु ।'
चेक गणतन्त्र र स्पेन विरुद्धको आगामी नेसन्स लिग खेलका लागि पोर्चुगलको पछिल्लो टोलीमा परेका रोनाल्डोले स्ट्यान्डिङ ओभेसन पाएपछि आफ्नो संग्रहमा अर्को पुरस्कार थप्न पाउँदा रोमाञ्चित भए ।
'म खुसी छु,' उनले भने । 'म पहिले नै अवार्ड प्राप्त गर्न छुटेको थिए ।'
'यो गर्व हो कि म जति केटाहरूसँग मैले खेले, र जो सँग म खेल्न जाँदैछु।'
पूर्व युभेन्टस र रियल म्याड्रिडका फरवार्डले त्यसपछि आफ्नो करियरको लम्बाइको बारेमा ठट्टा गरे । उनले हाँस्दै भने, 'डियोगो डालोट, मसँग ठट्टा गरेर 'तिमीले सबैसँग खेल्यौ, लास बन्दा सम्म पनि खेलिरहने छौ' भन्छन । यो सत्य हो।'
रोनाल्डोसँग युनाइटेडमा खेल्ने पोर्चुगलका मिडफिल्डर ब्रुनो फ़र्नाण्डेसले नोभेम्बरमा कतारमा सुरु हुने विश्वकपपछि आफ्नो अन्तर्राष्ट्रिय करियरमा कीर्तिमान कायम गर्न रोनाल्डोलाई समर्थन गरेका छन् ।
ब्रुनोले भने, 'हामीलाई उनले वर्षौंदेखि देखाएको लचिलोपन, स्वाद र महत्वाकांक्षा राम्ररी थाहा छ । यो नयाँ होइन । हामीलाई थाहा छ कि क्रिस्टियानोले अरूले कहिल्यै हासिल नगरेका कुराहरू हासिल गर्न चाहन्छन् । उसको सधैं उस्तै महत्त्व रहनेछन । उनी उत्कृष्ट खेलाडी हुन् । संसार, र अरूले गर्न नसक्ने अवरोधहरू पार गर्न जारी राख्नेछन ।'
गत सिजन युनाइटेडका लागि सबै प्रतियोगितामा ३८ खेलमा २४ गोल गरेका रोनाल्डो गत महिना बालोन डी’ओर मनोनयनमा परेका ३० जनाको सूचीमा परेका थिए ।
गत साता युरोपा लिगमा शेरिफ टिरास्पोललाई २–० ले पराजित गर्दै रोनाल्डोले पेनाल्टीबाट गोलको खडेरी समाप्त गरेका थिए । यो सिजन आठ खेलमा उनको पहिलो गोल र क्लब करियरको ६९९ औं गोल थियो ।