काठमाडौं । इटालीका विश्वकप विजेता पूर्व खेलाडी फाबियो कान्नाभारो इटालियन क्लब बेनेभेन्टोको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
इटालियन सिरी 'बी' क्लबले फाबियोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले पहिलो पटक युरोपियन क्लब सम्हालेका हुन् ।
बेनेभेन्टो गत सिजन रेलिगेसनमा पर्दै सिरी 'बी' मा झरेको थियो ।
इटालीले २००६ को विश्वकप जित्दा उनी टिमका कप्तान थिए । उनले २०११ मा सन्यास लिदै प्रशिक्षणमा होमिएका थिए ।
उनले चीन र साउदी अरेबियामा प्रशिक्षकको काम गरिसकेका छन् ।
२०१९ मा उनी ६ हप्ता चीनको म्मुख्य प्रशिक्षक बनेका थिए ।
४९ वर्षीय फाबियोले चिनियाँ क्लब गोन्जाउ एफसी हेरेका थिए ।