काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्कटल्याण्डले युक्रेनलाई हराएको छ ।
बुधबार राति भएको खेलमा स्कटल्याण्डले युक्रेनलाई ३-० गोल अन्तरले हराएको हो ।
स्कटल्याण्डको जितमा लिन्डन डाइक्सले दुई गोल गरे ।
जोन म्याकगिनले एक गोल गरे ।
खेलको ७० औं मिनेटमा कप्तान जोनले गोल गर्दै स्कटल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
८० औं मिनेटमा सब्सिच्युड खेलाडी डाइक्सले गोल गर्दै स्कटल्याण्डको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा डाइक्सले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्याण्डलाई ३-० को जित दिलाए ।
जितसँगै लिग 'बी' समूह १ को स्कटल्याण्डले ४ खेलमा ९ अंक जोडेको छ ।
स्कटल्याण्ड शीर्ष स्थानमा रहेको छ ।
युक्रेन ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।