‘सी’ डिभिजन लिग छनौट आजबाट
बुधबार, ०५ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन्।
पहिलो खेलमा समूह 'ए' को प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमी भिड्ने छन् । खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा समूह 'बी' को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३:३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ । छनौट मंसिर १ गतेसम्म चल्नेछ ।
हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।
दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्। र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।
नयाँ खेल तालिका -





‘सी’ डिभिजन लिग छनौट आजबाट






-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)

-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)