शुक्रबार, मंसिर १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

शुक्रबार, ३१ भाद्र २०७९खेलपाटी संवाददाता
प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
Classic Tech Internet Ad

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो ।  कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, पर्यटन, नागरिक उड्डयनमन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाईएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ । 

अब नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्याईने छ । 

ट्रफी टुर अन्तर्गत शुक्रबार साँझ सुदुरपश्चिमको धनगढी पुर्याईने छ । शनिबार धनगढी रंगशालामा प्रदर्शनी गरिनेछ ।

यस्तै असोज २ गते लुम्बिनीको एन्फा टेक्निकल सेन्टर र गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरमा प्रदर्शनी गरिनेछ ।

असोज ३ गते बागमती प्रदेशको हेटौडा,  असोज ७ गते नेपाली सेना मुख्यालय जंगी अड्डा, असोज ८ गते प्रदेश १ को विराटनगर, असोज ९ गते नेपाल प्रहरीको हेडक्वाटर नक्साल, सशस्त्र प्रहरीको हलचोक पुर्याईने छ ।  

असोज ११ गते कर्णालीको सुर्खेत, असोज १३ गते मधेश प्रदेश रामजानकी मन्दिर र असोज २३ गते गण्डकी प्रदेशको पोखरा पुर्याईने छ ।  पोखरामा एयरपोर्टबाटै झाँकीसहित ट्रफी टुर गराईनेछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको छ ।

कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।

प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरि ११ टिमले सहभागीता जनाउनेछन् । 

Bajaj Pulsar Motorcycle Ad
#नवौं राष्ट्रिय

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

Bajaj Pulsar Motorcycle Ad
पोर्चुगलले जित्यो यू–१७ विश्वकप

पोर्चुगलले जित्यो यू–१७ विश्वकप

सुदूरपश्चिमको लगातार चौथो जितमा विनोदको अर्धशतक

सुदूरपश्चिमको लगातार चौथो जितमा विनोदको अर्धशतक

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

चम्किएका भिटिन्हा

चम्किएका भिटिन्हा

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक