काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति एफसी सेरिफलाई २-० गोल अन्तरले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो ।
युनाईटेडलाई जित दिलाउन जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
रोनाल्डोको यो सिजनको पहिलो गोल हो । यस्तै उनको यो पहिलो युरोपा लिग गोल हो ।
यस जितसँगै युनाईटेडले २ खेलमा ३ अंक जोडेको छ ।
समूह 'ई' को युनाईटेड दोस्रो स्थानमा रहेको छ ।
सेरिफ २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।