साफ यू-१७ उपविजेता टोली स्वदेश फिर्ता
बिहिबार, ३० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।
नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महसचिव किरण राई लगायत एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।
कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।
बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४-० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।
भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ ।
यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो ।
नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।
साफ यू-१७ उपविजेता टोली स्वदेश फिर्ता







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
