काठमाडौं । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा हार व्यहोरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्ट्स बेन्फिकासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको चौंथो मिनेटमा मिलिकले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर,४३ औं मिनेटमा जोआ मारियोले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको ५५ औं मिनेटमा डाभिड नरेसले गोल गर्दै बेन्फिकालाई २-१ को जित दिलाए ।
जितसँगै बेन्फिकाले २ खेलमा ६ अंक जोडेको छ । समूह एचको बेन्फिका दोस्रो स्थानमा रहेको छ ।
युभेन्ट्सको यो लगातार दोस्रो हार हो । अंक विहीन युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।