काठमाडौं । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत बुधबार राति चेल्सीले अष्ट्रियन क्लब आरबी साल्जवर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो ।
खेलको ४८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा नोः ओकाफोरले गोल गर्दै साल्जवर्गलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै चेल्सीले पहिलो अंक जोडेको छ ।
चेल्सीका नवनियुक्त मुख्य प्रशिक्षक ग्राहम पोटरको यो पहिलो खेल समेत हो ।
समूह 'ई' को चेल्सीले २ खेलमा १ अंक जोडेको छ ।
चेल्सी समूहको पुछारमा रहेको छ ।
साल्जवर्ग २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।