काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति जर्मनीको आरबी लाइपजिगलाई २-० गोल अन्तरले हराउँदै रियलले लगातार दोस्रो जित निकालेको हो ।
रियलको जितमा फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले एक एक गोल गरे ।
खेलको ८० औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा मार्कोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
यस जितसँगै रियलले २ खेलमा ६ अंक जोडेको छ ।
समूह 'एफ' को रियल शीर्ष स्थानमा रहेको छ ।
लगातार दुई हार व्यहोरेको लाइपजिग पुछारमा रहेको छ ।