काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ।
समूह चरण अन्तर्गत बुधबार राति माक्काबी हाइफालाई ३-१ गोल अन्तरले हराउँदै पीएसजीले दोस्रो जित निकालेको हो ।
पीएसजीले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको २४ औं मिनेटमा चेरीले गोल गर्दै हाइफालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ३७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।
६९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दा पीएसजी २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८८ औं मिनेटमा नेयमारले गोल गर्दा पीएसजी ३-१ ले विजयी भयो ।
यस जितसँगै पीएसजीले २ खेलबाट ६ अंक जोडेको छ ।
समूह 'एच' को पीएसजी शीर्ष स्थानमा रहेको छ ।
हाइफाको यो लगातार दोस्रो हार हो ।
अंक विहीन हाइफा पुछारमा रहेको छ ।