काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले हराउँदै सिटीले दोस्रो जित निकालेको हो ।
रोमान्चक खेलमा सुरुआती एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।
खेलको ५६ औं मिनेटमा जुड वेलीङघमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८० औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा एर्लिङ हालाण्डले पूर्व क्लबविरुद्ध गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
यस जितसँगै समूह 'जी' को सिटीले २ खेलमा ६ अंक जोडेको छ ।
सिटी समूहको शीर्ष स्थानमा रहेको छ ।
डर्टमण्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।