ताप्लेजुङ र संखुवासभाको जित

इलाम । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को महिला फुटबल छनौट प्रतियोगिताको बुधबार भएको खेलमा ताप्लेजुङ र संखुवासभाले जित हासिल गरेका छन् ।
उद्घाटन खेलमा तेह्रथुमलाई ६–० गोल अन्तरले हराउँदै ताप्लेजुङले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ।
ताप्लेजुङका लागि खेलको सातौँ मिनेटमा अनुष्का लिम्बूले सुरुवाती अग्रता दिलाइन् ।
कप्तान अनुषा थेवले खेलको १७ र २० मिनेटमा गोल गरेपपछि पहिलो हाफमा ताप्लेजुङले ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा सुष्मा लिम्बुले २ र रेश्मा थुलुङले १ गोल गरिन् ।
दोश्रो खेलमा ओखलढुङ्गालाई २–० ले हराउँदै संखुवासभाले समेत क्वाटरफाइनलमा स्थान बनाउन सफल रहयो ।
संखुवासभाको जितमा अस्मिता गुरुङले दुवै गोल गरिन् । बिहीबार ४ वटा खेल हुनेछन् ।
पहिलो खेलमा इलाम र सुनसरी भिड्नेछन् । त्यसैगरी धनकुटा र पाँचथर, भोजपुर र मोरङ तथा सोलुखुम्बु र झापा भिड्ने तय भएको छ ।












