काठमाडौं । इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ ।
चेल्सीले बुधबार जर्मन प्रशिक्षक टुचेललाई बर्खास्त गरेको हो ।
च्याम्पियन्स लिग फुटबलमा क्रोएसियाको डिनामो जाग्रेबसँग पराजित भएको भोलिपल्ट चेल्सीले टुचेललाई बर्खास्त गरेको हो ।
समूह चरण अन्तर्गतको पहिलो खेलमा चेल्सीलाई जाग्रेबले १-० गोल अन्तरले पराजित गरेको थियो ।
टुचेलको नेतृत्वमा चेल्सीले प्रिमियर लिगमा समेत उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन ।
टुचेलको चेल्सीसँगको सम्झौता २०२४ सम्म रहेको थियो ।
तर, सम्झौता नसकिदै चेल्सीले टुचेललाई बर्खास्त गरेको हो ।
चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै २०२१ मा टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
सुरुआतमा १८ महिनाको सम्झौता गरेका टुचेलले चेल्सीलाई आएकै सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।
जर्मन प्रशिक्षक टुचेलको त्यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो ।