काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनौट खेल्ने नेपाली यू-२० पुरुष फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एन्फा कम्प्लेक्समा यू-२० टोलीको बिदाइ गरेको हो ।
नेपाली टोली भोलि बिहीबार बहराइन प्रस्थान गर्ने छन् ।
नेपाली कांग्रेसका नेता मोहन बस्नेत, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फा पदाधिकारीले टोलीको बिदाइ गरे ।
यू-२० एसियन कप छनौटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन्।
समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ । नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।
नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
