काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले दुबै गोल गरे ।
खेलको पाँचौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।
२२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५३ औं मिनेटमा युभेन्ट्सका वेस्टन म्याककेन्नीले गोल गरेपनि पीएसजी २-१ ले विजयी भयो ।
यस जितसँगै पीएसजीले पहिलो खेलमै ३ अंक जोडेको छ ।
समूह एचको पीएसजी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २-० ले हराएको छ ।
त्यस्तै अर्को इटालियन एसी मिलानले साल्जवर्गसँग १-१ गोलको बराबरी खेलेको छ ।