काठमाडौं । प्रथम स्वर्गीय नारसिङ स्मृती कप फाइभ ए साइड फुटबल आयोजना हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा संञ्चालन हुने प्रतियोगिता असोज १३ गते देखि १८ गतेसम्म हुनेछ ।
'युवा एकता तथा स्वास्थको लागि खेलकुद' भन्ने मुल नाराको साथ विजया दशमी तथा शुभ दिपावलिको पावन अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
आर.एस फुटबल क्लबले आयोजना गर्ने प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २ हजार प्रदान गरिने छ ।