काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ ।
साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । भुटान पनि नेपाललाई स्तब्ध बनाएर सानदार सुरुआत गर्न चाहन्छ ।
खेल कति बजे सुरु ?
दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
टिकट दर ?
एन्फाले महिला साफको फरक टिकट मूल्य तोकेको छ ।
एन्फाले सामान्य प्यारापिटमा ३ सय र भीआईपीतर्फ ५ सयको टिकट मूल्य राखेको छ ।
दर्शकले पे वेलबाट टिकट किन्न सक्ने एन्फाले जनाएको छ ।
प्रत्यक्ष प्रशारण ..
नेपाल र भुटानबीचको खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
खेलको प्रत्यक्ष प्रशारण एपी वान लिभिजनबाट हुनेछ ।