बार्क्ली फ्रेन्च क्लबमा अनुबन्धित
२०२२ सेप्टेम्बर ५, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका पूर्व अट्याकिङ मिडफिल्डर रोस बार्क्ली फ्रेन्च क्लब निसमा अनुबन्धित भएका छन् ।
फ्रेन्च लिग वान क्लबले बार्क्लीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
निसले बार्क्लीलाई सार्वजनिक समेत गरेको छ ।
बार्क्लीले निसमा ११ नम्बरको जर्सी लगाउने छन् ।
इंग्लिस मिडफिल्डर बार्क्लीले सहमतिमै ट्रान्सफरको डेटलाइन डेमा चेल्सी छाडेका थिए ।
२८ वर्षीय बार्क्ली २०१८ मा एभर्टनबाट चेल्सी आएका थिए ।
तर, थोमस टुचेलको प्लेइङ सेटमा उनी अटाउन असफल हुँदै आएका थिए ।
गत सिजन उनले एस्टन भिल्लाबाट लोनमा खेलेका थिए ।
१७ वर्षकै उमेरमा प्रिमियर लिगमा डेब्यु गरेका बार्क्लीले चेल्सी, एस्टन भिल्ला र एभर्टनमा गरि कुल २ सय ३२ प्रिमियर लिगमा २९ गोल र २८ असिस्ट गरेका छन् ।
इंग्ल्यान्डका लागि उनले ३३ खेलमा ६ गोल गरेका छन् ।
बार्क्ली फ्रेन्च क्लबमा अनुबन्धित