मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदेश स्तरीय पावरलिफ्टिङमा टेकेन्द्र र करणलाई स्वर्ण

सोमबार, २० भाद्र २०७९खेलपाटी संवाददाता
प्रदेश स्तरीय पावरलिफ्टिङमा टेकेन्द्र र करणलाई स्वर्ण
Loading ad...
mustang rice ad

पोखरा । कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतबार सम्पन्न भएको छ ।

पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा २८ पुरुष र १६ महिला गरि ४४ जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले स्वर्ण पदक जिते । ८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे ।

त्यसै गरि बुल्स जिमका चेतबहादुर थापाले ४४० केजी उठाएर रजत पदक जिते भने अरबिन्द थापाले ४३५ उठाएर कास्य पदक जिते।

६६.१ देखि ७४ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै करण ताज्याले स्वर्ण जिते । ताज्याले समग्रमा ४९० केजी तौल उठाएका थिए । त्यस्तै बिकास गुरुङले ३८० केजी उठाएर रजत पदक जिते भने पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य पदक जिते।

त्यस्तै ७४.१ देखि ८३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण जिते भने बार स्क्वाडका जस्पेर गुरुङले ४४५ केजी उठाएर रजत पदक जिते । बबिन पुनले ४३० केजी उठाएर कास्य जिते।

५९.१ देखि ६६ केजी तौल समूहमा क्रमश बिबेक गुरुङ (४४० केजी ), बिबेक खडका ( ४०२.५ केजी ) र मौलादीन मिया ( ३२० केजी ) पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५९ केजी भन्दा कम तौल समूह बीच भएको प्रतिस्पर्धामा क्रमश किसन गुरुङ ( ३४२.५ केजी ), संदेश गुरुङ ( ३४० केजी ) र युनिक गुरुङ ( ३१२.५ केजी ) पहिलो, दोस्रो र तेस्रो भए।

९३ केजी भन्दा बढी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे । त्यस्तै क्रमश सुमिन परियार ( ४५७.५ केजी ) र प्रथम श्रेष्ठ ( ४५२.५ केजी ) दोस्रो र तेस्रो भए ।

महिलातर्फ भएको ६३ केजी भन्दा बढी तौल समुहमा व्यायामशालाका शर्मिला शाह ( ३९० केजी ) ले स्वर्ण पदक जितिन् । त्यस्तै सरस्वती गुरुङ ( ३३२ .५ केजी ) र गुडु थापा ( ३२३ केजी ) क्रमश दोस्रो र तेस्रो भए । ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर ( २७५ केजी ) , एनिमाया दर्जी ( २४४ केजी ) र सोनी गुरुङ ( २४१ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर ( २७५ केजी ) , एनिमाया दर्जी ( २४४ केजी ) र सोनी गुरुङ ( २४१ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५ केजी भन्दा कम तौल समूहमा क्रमश सपना गुरुङ ( २७७ .५ केजी ) , पदमा थापा ( २७० केजी ) र सुस्मिता पौडेल ( २२३ केजी ) क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।

प्रतियोगिताको उद्घाटन राखेप सदस्य राजेश गुरुङले गरेका थिए । गुरुङले पावरलिफ्टिङ खेलको बिकासमा आफू लाग्ने प्रतिबद्दता जनाए। त्यस्तै प्रतियोगिताको समापनमा कार्यक्रम बोल्दै कास्की जिल्ला पावरलिफ्टिङ संघ अध्यक्ष हसन गुरुङले यस्ता प्रतियोगिता आयोजना गर्नले पावरलिफ्टिङ खेलको प्रवर्धन हुने र यस सम्बन्धि खेलाडीहरुले प्लेटफर्म पाउने बताएका छन्।

'अहिले हामीसंग खेलको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका खेलसाम्रगी छैन। जसले गर्दा खेल खेल्दा र खेलाउदा समस्या भैरहेको अवस्था छ। ' गुरुङले भने, 'अबको दिनमा यस खेलको बिकासको लागि निरन्तर लागिरहनेछु। सम्बन्धित निकायमा गएर खेल र खेलाडीको लागि आवाज उठाउने छु। '

अध्यक्ष गुरुङ पावरलिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । उनले भारतको महाराष्ट्रको अमरावतीमा विश्व पावर लिफ्टीङ फेडरेसनले आयोजना गरेको २१ औँ विश्व पावर लिफ्टीङमा नेपालको लागि स्वर्ण पदक जितेका थिए।

Loading ad...
LiNing Ad
प्रदेश स्तरीय पावरलिफ्टिङमा टेकेन्द्र र करणलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान