भारतको विजयी सुरुआत
सोमबार, २० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा भारतले विजयी सुरुआत गरेको छ ।
सोमबार भएको उद्घाटन खेलमा भुटानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो ।
भारतको जितमा थाङ्गलालसौन गंगटेले दुई गोल गरे ।
यस्तै भानलाल्पेका गुइटेले एक गोल थपे ।
जितसँगै समूह 'बी' को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ ।
यस समूहमा नेपाल पनि रहेको छ ।
नेपालले पहिलो खेलमा भुटानकै सामना गर्नेछ । नेपालले भुटानसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।
भारतको विजयी सुरुआत






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
