जेम्सद्वारा सम्झौता नवीकरण
सोमबार, भदौ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर रीस जेम्सले क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।
चेल्सीले सोमबार डिफेन्डर जेम्सले ६ वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै उनी २०२७ सम्म चेल्सीमा रहने छन् ।
इंग्ल्यान्डका डिफेन्डर जेम्स २०१८ बाट चेल्सीमा रहेका छन् ।
२२ वर्षीय डिफेन्डरले चेल्सीका लागि १ सय २८ खेल खेलेका छन् ।
जेम्सद्वारा सम्झौता नवीकरण












-1763569877271.jpg&w=3840&q=75)
