• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'पहिलो पटक उपाधि जित्न प्रयास गर्ने छौँ'
निशान राई
सोमबार, भदौ २०, २०७९ निशान राई
'पहिलो पटक उपाधि जित्न प्रयास गर्ने छौँ'

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न प्रयास गर्ने बताएकी छिन् ।

काठमाडौंमा सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले घरेलु मैदानमा उपाधि जित्न प्रयास गर्ने बताएकी हुन् ।

'अन्तिमसम्म मैदानमा लड्ने छौँ । हामी गोर्खाली हौँ । पहिलो पटक उपाधि जित्न सबै प्रयास गर्ने छौँ,' एन्जिलाले भनिन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ भोलि मंगलबारबाट सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ ।  नेपालकै विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । 

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् । यस्तै अमृता जैशीलाई उपकप्तान चयन गरिएको छ ।

कप्तान एन्जिलाले आफुमा गरिएको विश्वासलाई गुम्न नदिने समेत बताईन ।

'मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,' एन्जिलाले भनिन् । 

एन्जिलाले आफ्नो कप्तानीमा टिमलाई उपाधि दिलाउने इच्छा रहेको समेत बताईन् ।

'कप्तान हुने इच्छा सबैमा हुन्छ ।  मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ ।  यो पटक मलाई टिमप्रति विश्वास छ ।  अहिले बोल्नु भन्दा मैदानमा देखाउने छौँ,' एन्जिलाले थपिन ।

नेपाली टिमका मुख्य प्रशिक्षक थापाले बिगतलाई बिर्सिएर प्रतियोगितामा राम्रो गर्ने योजना रहेको बताए ।

'सबै बिगतलाई बिर्सिएर राम्रो गर्ने लक्ष्य छ ।  ७ हप्ताको अभ्यासले टिम राम्रो अवस्थामा रहेको छ ।  सिनियर र नयाँ खेलाडीको कम्बिनेसन रहेको छ,' थापाले भने ।

मुख्य प्रशिक्षक थापाले अहिले कुनैपनि टोलीलाई कमजोर प्रतिद्वन्दीको रुपमा लिन नहुने बताए ।

'हामीले कसैलाई पनि अन्डरस्टिमेट गर्दैनौं । सबै टोली राम्रो भएर आएका छन्  पहिला लिग चरणमा केन्द्रित रहन्छौं,' थापाले भने, 'त्यसपछि बल्ल नकआउटमा ध्यान दिने छौँ ।  हामी तयार छौँ ।'

मुख्य प्रशिक्षक थापाले अहिले कुनैपनि टोलीलाई कमजोर प्रतिद्वन्दीको रुपमा लिन नहुने बताए ।

'हामीले कसैलाई पनि अन्डरस्टिमेट गर्दैनौं । सबै टोली राम्रो भएर आएका छन्  पहिला लिग चरणमा केन्द्रित रहन्छौं,' थापाले भने, 'त्यसपछि बल्ल नकआउटमा ध्यान दिने छौँ ।  हामी तयार छौँ ।'

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

नेपाल सहज मानिएको 'बी' रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।

यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ।

यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP