काठमाडौं । नेपालले घरेलु टोलीविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा पहिले बलिङ गर्ने भएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।
नेपाल आज एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ ।
यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।