डिएगो कोस्टा प्रिमियर लिग फर्कदै
सोमबार, भदौ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले स्पेनिस स्ट्राइकर डिएगो कोस्टा अनुबन्ध गर्ने भएको छ ।
हालौ अनुबन्ध गरेको स्ट्राइकर सासा कालाज्जिक र अर्का स्ट्राइकर राउल जिमेनेजले चोट बोकेपछि उल्भ्सले कोस्टा अनुबन्धको तयारी गरेको हो ।
उल्भ्सले फिटनेस जाँचका लागि कोस्टालाई ट्रायलको लागि बोलाएको बीबीसीले जनाएको छ ।
कोस्टाले यसै साता उल्भ्समा ट्रायल दिने छन् । फिटनेसमा पास भएका उल्भ्सले कोस्टालाई अनुबन्ध गर्ने बताईएको छ ।
चेल्सीका पूर्व स्ट्राइकर कोस्टा ब्राजिलियन क्लब एट्लेटिको मिनिरो छाडेपछि क्लब विहिन छन् ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडसँगको सम्झौता अन्त्य गर्दै कोस्टा गत सिजन ब्राजिलियन क्लब आएका थिए । तर, उनको सम्झौता जनवरीमा सकिएको थियो ।
कोस्टा सन् २०१८ मा चेल्सीबाट एट्लेटिको आएका थिए । उनले एट्लेटिकोबाट ६१ ला लिगामा १२ गोल गरेका छन् ।
डिएगो कोस्टा प्रिमियर लिग फर्कदै












-1763569877271.jpg&w=3840&q=75)
