काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज सोमबार घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।
केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ ।
यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ । नेपालले सिरिज जिति सकेकाले यस खेलमा केही युवा खेलाडीलाई अवसर दिने देखिन्छ ।
नेपालले आजको खेलमा पनि दोस्रो एकदिवसीय खेलको प्लेईङ-११ मा केही परिवर्तनको सम्भावना रहेको छ ।
आजको खेलमा नेपालको प्लेईङ-११ यस प्रकारको रहने सम्भावना रहेको छ ।
नेपालको ओपनरका रुपमा अर्जुन साउद र आसिफ शेख रहने सम्भावना रहेको छ ।
तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल तथा चौथो स्थानमा कप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ ।
पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरीको सम्भावना रहँदा छैटौं नम्बरमा विवेक यादवको सम्भावना रहेको छ ।
सातौं स्थानमा मोहम्मद आदिल आलम तथा आठौं स्थानमा करण केसीको सम्भावना रहेको छ ।
नवौं स्थानमा किशोर महतो तथा दशौं स्थानमा वसिर अहमदको सम्भावना रहेको छ । अन्तिम स्थानमा साहब आलम रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
अर्जुन साउद (विकेट किपर),आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,किशोर महतो,मोहम्मद आदिल आलम,करण केसी,विवेक यादव,वसिर अहमद र साहब आलम