काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा भ्यालेन्सियाले गेटाफेलाई ५-१ गोल अन्तरले हराएको हो ।
खेलको सातौं मिनेटमा टोनी लाटोले गोल गर्दै भ्यालेन्सियालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा सामुएल लिनोले गोल गर्दा भ्यालेन्सिया २-० ले अघि रह्यो ।
खेलको १६ औं मिनेटमा सामुले गोल गर्दा भ्यालेन्सिया ३-० ले अघि रह्यो ।

६५ औं मिनेटमा निको गोन्जालेजले गोल गर्दै भ्यालेन्सियालाई ४-० को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा हुगो डुरोले गोल गर्दा भ्यालेन्सिया ५-० ले अघि रह्यो ।
खेलको ७८ उं मिनेटमा गेटाफेका गास्टोन अल्भारेजले गोल गरेपनि भ्यालेन्सिया ५-१ ले विजयी भयो ।
यस्तै खेलको ८८ औं मिनेटमा मोरिबाले रातो कार्ड पाएपछि अन्तिम केहि मिनेट भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै भ्यालेन्सियाले ४ खेलमा ६ अंक जोडेको छ ।
भ्यालेन्सिया दशौँ स्थानमा रहेको छ ।
गेटाफे १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।