रोमा पराजित
सोमबार, २० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमा पराजित भएको छ ।
आइतबार राति भएको खेलमा रोमालाई उडीनेजेले ४-० गोल अन्तरले हराएको हो ।
खेलको पाँचौं मिनेटमा डेस्टिनी उडोगोईले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाए ।
५६ औं मिनेटमा लाजरले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ७५ औं मिनेटमा रोबर्टोले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै उडीनेजेलाई ४-० को जित दिलाए ।
जितसँगै उडीनेजेले ५ खेलमा १० अंक जोडेको छ ।
उडीनेजे चौंथो स्थानमा उक्लिएको छ ।
रोमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
रोमा पराजित






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
