महिला साफको उद्घाटन खेलकुद मन्त्री गहतराजले गर्ने
आइतबार, भदौ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार महिला साफको उद्घाटन खेलकुद मन्त्री गहतराजले गर्ने जनाएको छ ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले आइतबार मन्त्री गहतराजलाई उद्घाटन सत्रको निम्तो दिएको र मन्त्रीले स्वीकार गरेको एन्फाले जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।
उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्नेछ ।
यस्तै टिकट पेवेलबाट किन्न सकिनेछ ।
महिला साफको उद्घाटन खेलकुद मन्त्री गहतराजले गर्ने










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)