लेस्टरमाथि ब्राइटनको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले लेस्टर सिटीमाथि सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा ब्राइटनले लेस्टरलाई ५-२ गोल अन्तरले हराएको हो ।
ब्राइटनले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको पहिलो मिनेटमै केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको दशौँ मिनेटमा लेस्टरका लुक थोमसले आत्मघाती गोल गरेपछि ब्राइटनले १-१ गोलको बराबरी गर्यो ।
खेलको १५ औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई २-१ को अग्रता दिलाए ।
३३ औं मिनेटमा पाट्सन डाकाले गोल गर्दै लेस्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ६४ औं मिनेटमा लिंड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ३-२ को अग्रता दिलाए ।
खेलको ७१ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई ४-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा एलिस्टरले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई ५-२ को जित दिलाए ।
जितसँगै ब्राइटनले ६ खेलमा १३ अंक जोडेको छ ।
ब्राइटन चौंथो स्थानमा उक्लिएको छ ।
लेस्टर १ अंक जोडेर पुछारमा रहेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)