रियलको लगातार चौंथो जित
शनिबार, भदौ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार चौंथो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २-१ गोल अन्तरले हराएको हो ।
रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे ।
बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा सेर्जियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा रहेको छ ।
बेटिस ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
रियलको लगातार चौंथो जित












