चेल्सीको पुनरागमन जित
शनिबार, भदौ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।
खेलको ६३ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७६ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
जितसँगै चेल्सीले ६ खेलमा १० अंक जोडेको छ ।
चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।
वेस्ट ह्याम ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै उल्भ्सले साउथह्याम्पटनलाई १-० ले हराएको छ ।
बर्नेमाउथले नटिङघम फरेस्टलाई ३-२ ले हराएको छ ।
चेल्सीको पुनरागमन जित












