महिला साफ : भारतको टिम नेपालमा
शनिबार, भदौ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन भारतकोको टोली नेपाल आईपुगेका छन् ।
साविक विजेता भारतको टोली शनिबार नेपाल आईपुगेका हुन् । भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
भारत समूह 'ए' मा रहेको छ । यस समूहमा भारतसँगै बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन्।
भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
महिला साफ : भारतको टिम नेपालमा












