एन्टोनीले २१ नम्बरको जर्सी लगाउने
शनिबार, भदौ १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका ब्राजिलियन विंगर एन्टोनीले २१ नम्बरको जर्सी लगाउने भएका छन् ।
युनाईटेडले शनिबार एन्टोनीले लगाउने जर्सी नम्बर सार्वजनिक गरेको हो ।
युनाईटेडले यसै समरमा डच क्लब आयाक्सबाट विंगर एन्टोनीलाई अनुबन्ध गरेको हो ।
एन्टोनीले युनाईटेडसँग ५ वर्षको सम्झौता गरेका थिए ।
उनी २०२७ सम्म युनाईटेडमा रहने छन् ।
२२ वर्षीय एन्टोनीलाई युनाईटेडले सम्झौता थपको विकल्प समेत दिएको छ ।
एन्टोनी २०२० मा साओ पाउलोबाट डच क्लब आएका थिए ।
डच क्लबका लागि उनले १ सय ३४ खेलमा ३१ गोल र २७ असिस्ट गरेका छन् ।
ब्राजिलका लागि उनले ९ खेलमा २ गोल गरिसकेका छन् ।
एन्टोनीले २१ नम्बरको जर्सी लगाउने












