काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एभर्टनको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको ६९ औं मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन् ।
भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो ।

यस बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ अंक जोडेको छ ।
लिभरपुल पाँचौं स्थानमा रहेको छ ।
एभर्टन ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।