काठमाडौं । तेस्रो व्यास युवा कप नाइन ए साइड फुटबल असोजमा आयोजना हुने भएको छ ।
बडा दशैंको अवसरमा आयोजना हुने प्रतियोगिता असोज ३ गतेबाट १० गतेसम्म चल्नेछ ।
तनहुँ दमौलीको वि पी वन बाटिका खेल मैदानमा आयोजना हुने प्रतियोगिताका लागि असोज १ गतेसम्म टिम दर्ता गर्न सकिनेछ ।
व्यास युथ क्लबको आयोजनामा हुने प्रतियोगिताका लागि टिम दर्ता शूल्क ६ हजार राखिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउने छन् ।
यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
