काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए) ले युरोपका आठ क्लबलाई जरिवाना गरेको छ ।
यूईएफएले आर्थिक अनुशासन तोडेको भन्दै युरोपका ८ क्लबलाई जरिवाना गरेको हो ।
यूईएफएले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी), मोनाको र मार्सेलाई जरिवाना गरेको छ ।
यस्तै इटालीको युभेन्ट्स, एसी मिलान, इन्टर मिलान र रोमालाई जरिवाना गर्दा टर्कीको बेसिक्टासलाई जरिवाना गरेको हो।
यूईएफएले आठै टोलीले यूईएफएको फेयर प्ले नियम तोडेको जनाएको छ ।
यूईएफएले पीएसजीलाई १० मिलियन युरो जरिवाना गरेको हो । पीएसजीले पछिल्लो तीन वर्षमा आम्दानीको तुलनामा बढी खर्च गरेको बताईएको छ।
