काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार आठ खेलहरु हुँदैछन् ।
म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका क्लबको खेल शनिबार रहेको छ ।
शनिबार हुने पहिलो खेलमा लिभरपुलले एभर्टनको सामना गर्नेछ ।
एभर्टनको मैदानमा हुने खेल साँझ ५:१५ बजे सुरु हुनेछ ।
यस्तै नेपाली समय अनुसार राति ७:४५ बजे एकै समय ६ खेल हुनेछ ।
जसमा चेल्सीले वेस्ट ह्यामको सामना गर्नेछ ।
टोटेनहमले फुलहम, लिड्सले ब्रेन्टफोर्ड, न्युकासलले क्रिस्टल प्यालेस, उल्भ्सले साउथह्याम्पटन र नटिङघम फरेस्टले बर्नेमाउथको सामना गर्ने छन् ।
त्यस्तै साविक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्नेछ ।
सिटी र एस्टनबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।