काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर मार्कोस अलन्सोलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले स्पेनिस डिफेन्डरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
लेफ्ट ब्याक अलन्सोले बार्सिलोनासँग एक वर्षको सम्झौता गरेका छन् ।
अलन्सोले डेटलाइन डे को दिन इंग्लिस प्रिमियर लिग क्लब चेल्सी छाडेका थिए ।
स्पेनिस खेलाडीले आपसी समझदारीमा क्लब छाडेको चेल्सीले जनाएको छ ।
चेल्सीमा ६ वर्ष बिताएर उनले क्लब छाडेका हुन् ।
उनी २०१६ मा फियोरेन्टिनाबाट चेल्सी आएका थिए ।
चेल्सीका लागि उनले २ सय १२ खेलमा २९ गोल गरेका छन्।
उनले स्पेनका लागि ९ खेल खेलेका छन् ।