काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली कोलम्बो पुगेका छन् ।
नेपाली टोली शुक्रबार राति श्रीलंकाको कोलम्बो पुगेका हुन् ।
प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।
साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।
समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।
नेपाली टोली -
गोलकिपरः क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी
डिफेन्डरः अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डरः प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा
फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम