काठमाडौं । ब्राजिलियन डिफेन्डर मार्सेलो ग्रीसको क्लब ओलम्पियाकोस एफसीमा अनुबन्धित भएका छन् ।
ओलम्पियाकोसले शनिबार डिफेन्डर मार्सेलोलाई अनुबन्धित गरिएको जनाएको छ ।
ओलम्पियाकोसले ३४ वर्षीय डिफेन्डरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
रियल मड्रिडका पूर्व डिफेन्डर मार्सेलोलेओलम्पियाकोससँग एक वर्षको सम्झौता गरेका छन् ।
स्पेनिस क्लब रियल छाडेपछि मार्सेलो क्लब विहिन थिए ।
लेफ्ट ब्याक मार्सेलोले १५ वर्ष बिताएर रियल छाडेका हुन् ।
डिफेन्डर मार्सेलो २००७ मा रियल आएका थिए ।
रियलका लागि उनले २५ उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग रहेको छ ।
रियलका उनले ५ सय ४५ खेल खेलेका छन् । उनले ३८ गोल र १ सय ३ असिस्ट गरेका छन् ।