काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका लेफ्ट ब्याक मार्कोस अलन्सोले क्लब छाडेका छन् ।
स्पेनिस खेलाडीले आपसी समझदारीमा क्लब छाडेको चेल्सीले जनाएको छ ।
चेल्सीमा ६ वर्ष बिताएर उनले क्लब छाडेका हुन् ।
उनी २०१६ मा फियोरेन्टिनाबाट चेल्सी आएका थिए ।
चेल्सीका लागि उनले २ सय १२ खेलमा २९ गोल गरेका छन्।
उनले स्पेनका लागि ९ खेल खेलेका छन् ।
