काठमाडौं । पहिलो संस्करणको ठमेल टुरिजम भेट्रान्स कप फुटबल प्रतियोगिता असोजमा आयोजना हुने भएको छ ।
आयोजक ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असोज ९ देखि ११ गतेसम्म हुने जानकारी गराएको छ ।
सेभेन ‘ए’ साइडको प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
लैनचौरस्थित एनसेलले बनाएको मैदानमा हुने प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।
सहभागी टोलीमा एकजना ४० वर्ष र एक जना ५० वर्ष पूरा भएको खेलाडी हुनु पर्नेछ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको म्यान अफ दि सिरिज, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १०/१० हजार पाउनेछन् ।