आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालविरुद्ध केन्या : हेड टु हेड

शुक्रबार, १७ भाद्र २०७९खेलपाटी संवाददाता
नेपालविरुद्ध केन्या : हेड टु हेड
Loading ad...
mustang rice ad

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज शुक्रबार घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । टी-ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेको केन्याविरुद्ध नेपाललाई सहज भने हुने छैन ।

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।

हेट टु हेड -

आईसीसीका विभिन्न प्रतियोगितामा नेपाल र केन्याले पटक पटक खेलेका छन् । केन्यासँगको एकदिवसीयको पछिल्लो पाँच भेटमा नेपाल २ खेलमा तथा केन्या ३ खेलमा विजयी भएका छन्।

दुई टोलीबीचको पहिलो भेट २३ जनवरी २०१५ मा भएको थियो । नामिबियामा भएको यस खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा केन्या ९० बल बाँकी रहदै ५ विकेटले विजयी भएको थियो ।

यस खेलमा ज्ञानेन्द्र मल्लले ९१ तथा तत्कालिन कप्तान पारस खड्काले २० रन बनाएका थिए । बसन्त रेग्मी तथा सागर पुनले समान १/१ विकेट लिएका थिए ।

नामिबियामा भएको सोहि प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा केन्या र नेपालबीच दोस्रो खेल भएको थियो ।

२०१५ जनवरी २४ मा भएको सो खेलमा केन्या विजयी भयो । खेलमा केन्या १५ रनले विजयी भयो । यस खेलमा विनोद भण्डारीले ७३ रन तथा ज्ञानेन्द्र मल्लले ४८ रन बनाएका थिए । सोमपाल कामीले ३ तथा सागर पुनले २ विकेट लिएका थिए ।

नेपाल र केन्याबिचको तेस्रो खेल नेपालमा भएको थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको यस खेलमा केन्या विजयी भएको थियो । खेल ११ मार्च २०१७ मा भएको थियो ।

वर्षाले प्रभावित यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले २७ तथा सोहि खेलमा डेब्यु गरेका दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए । सो खेलमा सागर पुन तथा सन्दीप लामिछानेले समान २/२ विकेट लिए ।

नेपाल र केन्या आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा चौंथो भेट भएको थियो । नेपालमा नै भएको यस खेल १३ मार्च २०१७ मा भएको थियो । सो खेलमा भने नेपाल ७ विकेटले विजयी भएको थियो । सो खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ६४ तथा दिपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए ।

नेपाल र केन्याबीचको पाँचौं खेल १२ फेब्रुअरी २०१८ मा नामिबियामा भएको थियो । आईसीसी विश्वकप लिग डिभिजन टू मा नेपालले केन्यालाई ३ विकेट हरायो । सो खेलमा नेपाल अन्तिम बलमा लक्ष्य भेटेको थियो ।

यस खेलमा नेपालका लागि रोहित पौडेलले ४७ तथा पारस खड्काले ४२ रन बनाएका थिए । सो खेलमा सन्दीप लामिछानेले ५ तथा शरद भेषवाकरले १ विकेट लिएका थिए ।

Loading ad...
LiNing Ad
नेपालविरुद्ध केन्या : हेड टु हेड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल