काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मिडफिल्डर आर्थर मेलोलाई अनुबन्ध गरेको छ ।
लिभरपुलले मेलोलाई इटालियन क्लब युभेन्ट्सबाट सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
खेलाडी चोटको कारण मिडफिल्डमा समस्या देखिएपछि लिभरपुलले ब्राजिलियन मिडफिल्डरलाई लोनमा अनुबन्ध गरेको हो ।
मेलोले गत सिजन युभेन्ट्सका लागि ३१ खेल खेलेका थिए ।
तर, २६ वर्षीय मिडफिल्डरले यस सिजन इटालियन क्लबका लागि खेलेका थिएनन् ।
मेलोले ब्राजिलका लागि २२ खेल खेलिसकेका छन् ।