काठमाडौं । इंग्लिस क्लब चेल्सीले गाबोनका फरवार्ड पिएरे एमरिक अबमेयाङलाई अनुबन्ध गरेको छ ।
चेल्सीले स्पेनिस क्लब बार्सिलोनाबाट अबमेयाङलाई अनुबन्ध गरेको हो ।
३३ वर्षीय अबमेयाङले चेल्सीसँग २ वर्षको सम्झौता गरेका छन् ।
बार्सिलोनामा एक सिजन बिताएर उनी प्रिमियर लिग फर्किएका हुन् ।
आर्सनलबाट उनी गत वर्ष बार्सिलोना गएका थिए ।
बार्सिलोनाका लागि उनले २३ खेलमा १३ गोल गरेका थिए ।
त्यसअघि अबमेयाङले आर्सनलका लागि १ सय ६३ खेलमा ९२ गोल गरेका थिए ।
उनले आफ्नो राष्ट्रको लागि ७० खेलमा ३० गोल गरेका छन् ।

-यसअघि शीर्षक गलत भएकोमा सच्चाईएको छ । सम्पादक