काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे ।
खेलको २३ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा सान्चोले गोल गरेका हुन् ।
यस जितसँगै युनाईटेडले ५ खेलमा ९ अंक जोडेको छ ।
युनाईटेड पाँचौं स्थानमा उक्लिएको छ ।
लेस्टर १ अंक जोडेर पुछारमा रहेको छ ।
